काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाँच प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

1.34K
shares

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाले आगामी पाँच दिनका लागि कुनै पनि मौसमी चेतावनी जारी गरेको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमी सूचना र पूर्वानुमान हेर्न अनुरोध गरेको छ।