काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल प्रिमियर लिग क्रिकेटः सुदूरपश्चिमले कर्णालीविरुद्ध ब्याटिङ गर्दै

693
shares

काठमाडौँ ।  राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरे । सुदूपश्चिमलाई पराजित गर्दै कर्णाली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ ।

कर्णालीले तीन खेलमा दुईमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णालीले दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा भने कर्णाली काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । कर्णालीको ४ अङ्क छ ।

यस्तै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले कर्णालीलाई हराउँदै जित हासिल गर्न चाहन्छ । तेस्रो संस्करणको एनपिएलमा सुदुरपश्चिमले चार खेल खेलेको छ । जसमा दुई खेलमा जित हासिल गर्दा दुई खेलमा पराजय भोगेको छ ।

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेट तथा तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भएको हो । त्यसैगरी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ६ तथा चौथो खेलमा चितवन राइनोजसँग ५ विकेटले विजयी भएको थियो । सुदुरपश्चिमको पनि समान ४ अङ्क नै छ ।