काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

672
shares

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएको छन् ।

नारायणी नदी किनारको क्षतिको अनुगमन तथा निरीक्षणपछि आज उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा सभापति लामिछानेले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्व र व्यवसायीको सम्पत्ति जोगाउनु अहिलेको प्रमुख प्राथमिकता भएको बताए । उनले बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै आफूले सम्बन्धित सबै निकायलाई तत्काल जानकारी गराएको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरिएको बताए । उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै उहनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

सभापति लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए । प्राविधिक अध्ययनका आधारमा भविष्यमा बजार क्षेत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउनसक्ने सम्भावनासमेत औँल्याउँदै उनले त्यस्तो अवस्था आए सबै सरोकारवाला एकमत भएर निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने बताए ।

“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उनले भने, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ ।”

आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता आफूले नराखेको स्पष्ट पार्दै लामिछानेले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले पु¥याएको क्षति र आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए । कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा पनि बाढीबाट प्रभावित नागरिकको समस्या उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

सभापति लामिछानेले चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै तत्काल आवश्यकपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए । अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे ।

छलफलका क्रममा सभापति लामिछानेले नारायणी नदीको कटान तथा डुबानबाट बजार क्षेत्रमा परेको जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग पु¥याएको भन्दै उद्योग वाणिज्य सङ्घ चितवनलाई धन्यवादसमेत दिए । छलफलअघि लामिछानेले नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

छलफलका क्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्न सुरुदेखि नै सभापति लामिछानेले पहल गर्दै आउनुभएको बताउनुभयो । उनले नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुनेगरी आवश्यक योजना बनाउन उनिसँग आग्रह गरे ।