सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४२
shares

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने ११० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति तीन हजार ८१० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम थियो ।

























