काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भाइटीकाका लागि बालगोपालेश्वर मन्दिरमा रङरोगन र सरसफाइ सुरु

861
shares

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ। मन्दिर परिसरमा रङरोगन तथा सरसफाइको काम भइरहेको छ।

काठमाडौं महानगरपालिका–२८ ले बजेट विनियोजन गरी मन्दिरको रङरोगन तथा सरसफाइ सुरु गरेको हो। भाइटीकाका दिन मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाउने उद्देश्यले तयारी थालिएको हो।

वर्षभरि बन्द रहने बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ। दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन मन्दिरमा पुगेर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने धार्मिक परम्परा छ।

ऐतिहासिक रानीपोखरी तत्कालीन राजा प्रताप मल्लको शासनकालमा निर्माण गरिएको हो। सन् १६७१ मा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर काठमाडौंको ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा परिचित छ।

२०७२ सालको भूकम्पबाट क्षति पुगेपछि मन्दिरको पुनर्निर्माण गरिएको थियो। पुनर्निर्माणपछि २०७७ सालको भाइटीकादेखि मन्दिर सर्वसाधारणका लागि पुनः खुला गरिएको थियो।

भाइटीकाका दिन मन्दिरमा दर्शन तथा टीका ग्रहण गर्न बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ। भक्तजनको सहज आवागमनका लागि मन्दिरसम्म पुग्ने पुल, परिसर तथा आसपासको क्षेत्रको सरसफाइ र व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ।