काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

520
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ ।

खुला सहमहामन्त्रीका दुई पदका लागि १० जना उम्मेदवार छन्। अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना खुलातर्फ प्रतिस्पर्धामा छन् ।

महिला सहमहामन्त्रीको एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम उम्मेदवार छन् ।

आदिवासी जनजाति सहमहामन्त्रीको एक पदका लागि ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङ प्रतिस्पर्धामा छन् ।

दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार उम्मेदवार छन् ।

मधेशी सहमहामन्त्रीको एक पदका लागि अजयकुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाहबीच प्रतिस्पर्धा हुँदैछ ।

खसआर्य सहमहामन्त्रीको एक पदका लागि जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत उम्मेदवार छन् । थारु सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी प्रतिस्पर्धामा छन् ।

मुस्लिम सहमहामन्त्रीको एक पदका लागि अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलम उम्मेदवार छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको एक पदका लागि जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर प्रतिस्पर्धामा छन् ।

त्यस्तै, अल्पसङ्ख्यक वा अपांगता समूहबाट सहमहामन्त्रीको एक पदका लागि आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार छन् ।

यसरी सहमहामन्त्रीका १० पदका लागि कुल ४९ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ । सबैभन्दा धेरै उम्मेदवारी खुलातर्फ दुई पदका लागि १० जना र मधेशीतर्फ एक पदका लागि आठ जनाको परेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमाथि दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ । कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।