काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

221
shares

ai logo सारांश

  • भोटेकोशी–त्रिशूली विशेष समिति: जलवायु परिवर्तन, जलवायु न्याय र विपद्का विषयमा तीन मन्त्रालयसँग छलफल।
  • सार्वजनिक नीति समिति: वार्षिक कार्ययोजना र विविध विषयमा छलफल।
  • संसदीय सुनुवाइ समिति: प्रस्तावित राजदूतविरुद्धका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने।

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत तीन वटा संसदीय समितिको बैठक बस्दैछ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।

।