global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण : वर्षमान पुन

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण : वर्षमान पुन

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण : वर्षमान पुन

काठमाडौं । नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण र औद्योगिकीकरणमा रुसले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासले सोमबार काठमाडौंस्थित रसियन कल्चर सेन्टरमा आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले नेपाल र रुसबीचको सात दशक लामो सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताए।

उनका अनुसार शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा दुई देशबीच भएको निरन्तर सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ।

‘नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन। शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,’ पुनले भने।

उनले नेपालको विकासको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार र औद्योगिकीकरणमा रुसले गरेको सहयोगले सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको बताए। साथै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेसागत क्षेत्रमा मुलुकको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

पुनले विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यलाई आधार बनाएर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान–प्रविधि, नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको बताए।

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको समीक्षा मात्र नभई भविष्यमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने अवसरसमेत भएको उनको भनाइ थियो।

प्रकाशित समय : १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु