global ime bank Long Banner Ad

गृहपृष्ठ श्रष्टा डा आचार्यको कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ अमेरिकामा सार्वजनिक

श्रष्टा डा आचार्यको कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ अमेरिकामा सार्वजनिक

काठमाडौँ । वरिष्ट श्रष्टा डा तुलसी आचार्यको पछिल्लो कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ सार्वजनिक भएको छ ।

अमेरिकाको कोलोराडोमा हालै आयोजित नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा कवि डा नवराज लम्साल र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्यहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।

सो कविता सङ्ग्रहभित्रका रचना आधुनिक ‘डायस्पोरा’ र प्रयोगात्मक शैलीमा केन्द्रित छन् । पुस्तक अमेजन र प्रमुख डिजिटल र मिडिया प्लेटफर्महरूमा पनि उपलब्ध रहेकोे बताइएको छ । यसअघि डा आचार्यले संस्मरण, कथा र अनुसन्धानका विषयमा एक दर्जन पुस्तकहरू रचना गरिसकेको छ ।

यही जेठ ८ देखि ११गतेसम्म आयोजित सो सम्मेलनमा नेपाल र अमेरिकामा रहेका नेपाली साहित्यकार र साहित्य अनुरागीको सहभागीता रहेको थियो ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु