काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर तिर्नु असल नागरिकको पहिचान

294
shares
दाङ । उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताएका छन।
उनले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा तुलसीपुरमा आज आयोजित सभामा धारणा राख्दै नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धि हुने जानकारी दिए ।
आज आन्तरिक राजश्व कार्यालय, तुलसीपुरले १५औँ राष्ट्रिय कर दिवसका अवसरमा सचेतनाका लागि प्रभातफेरि कार्यक्रम गरी सम्पन्न गरेको छ । यहाँस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरिले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको हो ।
कार्यक्रममा बोल्ने अन्य सहभागीले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा कर अधिकृत उपेन्द पुनले कर प्रशासनले करदाताको हितमा काम गर्ने  बताए । उनले करबाट नै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी, व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न अनुरोध गरे ।
सो अवसरमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधिको सहभागिता थियो । कार्यालयले  मङ्सिर ७ गते विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता सम्मान गरी कर सप्ताह समापन गर्ने  जनाएको छ ।
लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयका करिब एकलाख करदाता छन ।