काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सातै प्रदेश अधिवेशनमा सहभागी हुँदै देउवा

567
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन् ।

देउवापक्षीय समूहको प्रदेश अधिवेशन यही मंसिर ५ गतेदेखि सुरु हुँदै छ । त्यसक्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको उनी समूहको १५औँ महाधिवेशन सचिवालय संयोजक समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए ।

देउवा पक्षले यति बेला जिल्ला अधिवेशन गरिरहेको छ । हालसम्म ४६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको कुईंकेलले बताए । १४० निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको देउवा पक्षको भनाइ छ ।