काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित

735
shares

ai logo सारांश

  • विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् ।
  • आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो ।
  • उत्कृष्ट करदाताको सूचीमा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ ।

काठमाडौं । विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो ।

उत्कृष्ट करदाताको सूचीमा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सूर्य नेपाल प्रालि परेको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट बनेको छ भने वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।

सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि उत्कृष्ट करदाता बनेको छ ।

बैंकिङ क्षेत्रमा नबिल बैंक लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् ।

वस्तु व्यापारको कारोबार गर्ने कम्पनीमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार सीजी इम्पेक्स प्रालि उत्कृष्ट बनेको छ । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले सबैभन्दा बढी आयकर दाखिला गरेको छ ।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि उत्कृष्ट करदाता बनेको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाउनेमध्ये हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट बनेको छ ।

वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ ।

बीमा क्षेत्रतर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट बनेका छन् । लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ । यसरी बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग, व्यापार तथा सेवा क्षेत्रका करदाता उत्कृष्ट करदाताको सूचीमा परेका छन् ।