स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने
वि.सं.२०८३ मंसिर १ मंगलवार १०:२०
shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा बोलाएको छ । बैंकले मंसिर २३ गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा ४० औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने प्रस्ताव राखिएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने घोषणा गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

























