काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल हाइड्रो डेभलपरको १०.५३ प्रतिशत लाभांश घोषणा

2.46K
shares

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी २०औँ वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।