काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमालेको राष्ट्रिय भेला आजबाट सुरु ,अध्यक्ष ओलीले उद्धघाटन गर्ने

1.34K
shares

ai logo सारांश

  • काठमाडौं नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ ।
  • काठमाडौंको बबर महल स्थित कार्की व्यांकेट विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ ।
  • भेलाका लागि अधिकांस सहभागी काठमाडौं आइसकेका छन् ।

काठमाडौं । काठमाडौं नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ ।

काठमाडौंको बबर महल स्थित कार्की व्यांकेट विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ ।

भेलाका लागि अधिकांस सहभागी काठमाडौं आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरु अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसंगठन,केन्द्रीय निकाय,संघीय र प्रदेशका साँसदहरु,स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्ध्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी बरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।