काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

1.32K
shares

कास्की। आगामी बुधबारदेखि पोखरामा आयोजना हुने ‘प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ तयारी प्रायः पूरा भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्ने जानकारी दिँदै उनले विजयी टोलीले चार लाख नगद पुरस्कार पाउने बताए ।

त्यसैगरी, उपविजेतालाई दुई लाख ५० हजार, तेस्रो हुनेलाई एक लाख र सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि जनही १० हजार प्रदान गरिने छ ।