काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

924
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत (रा.प.द्वितीय श्रेणी) रामबाबू प्रसाद चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सेवा प्रवेश गर्दा र बढुवा तथा पदस्थापन हुने प्रयोजनका लागि उच्च पदस्थ कर्मचारीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा चौधरीले राष्ट्रसेवक पदमा कार्यरत रहँदा बढुवा तथा पदस्थापनसमेत हुने उद्देश्यले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहको मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेटलगायतका झूटा तथा नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

नक्कली प्रमाणपत्र पेस गरी प्रमुख अनुसन्धान अधिकृत पदसम्मको बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएपछि चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चौधरीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक ऐनको दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।