काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

1.18K
shares

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत बैंकले नेपाल सरकारबाट नवौँ पटक यो सम्मान प्राप्त गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाइ दाखिला गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीलाइ सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

सम्मान ग्रहण गर्दै चौधरीले यो उपलब्धि बैंकका कर्मचारीको योगदान र ग्राहकले देखाएको विश्वासको प्रतिफल भएको बताएका छन् । उनले करदाताका रूपमा आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार बैंकिङ अभ्यासमार्फत मुलुकको आर्थिक विकासमा योगदान पु-याउने प्रतिबद्धता व्यक्त गरे ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले एनबैंक सञ्चालनमा ल्याएको छ । पारदर्शी व्यावसायिक अभ्यास र दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा पनि आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पु-याउने प्रतिबद्धता जनाएको छ ।