अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो
वि.सं.२०८३ मंसिर २ बुधवार १०:०८
shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।
त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य १.०६ प्रतिशतले वृद्धि भएर प्रतिऔंस ४७.३५७ अमेरिकी डलरमा कारोबार बन्द भएको छ । मंगलबारको कारोबारमा सुनको तुलनामा चाँदीको मूल्य वृद्धि दर बढी देखिएको छ ।

























