काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

798
shares

ai logo सारांश

  • कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ ।
  • कार्यक्रमअन्तर्गत विभिन्न उपभोक्ताले १०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्मका दैनिक पुरस्कार प्राप्त गरेका छन् ।
  • सरकारले कर बीजक लिने बानीको विकास गर्दै कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

काठमाडौं । नेपाल सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको दोस्रो पाक्षिक अवधिका दैनिक पुरस्कार विजेता सार्वजनिक गरेको छ ।

आन्तरिक राजस्व विभागले कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्मको अवधिमा विभिन्न व्यवसाय तथा पसलबाट खरिद गरी प्राप्त गरेका कर बीजकका आधारमा उपभोक्तालाई प्रदान गरिने पुरस्कार विजेताको विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रमअन्तर्गत विभिन्न उपभोक्ताले १०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्मका दैनिक पुरस्कार प्राप्त गरेका छन् ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी १ लाख रुपैयाँको पुरस्कार न्यू महालक्ष्मी ज्वलर्सबाट जारी भएको कर बीजकका आधारमा विजेताले प्राप्त गरेका छन् । यसैगरी, पुरस्कार जुगल तरकारी तथा फलफूल आपूर्तिकर्ताबाट जारी भएको कर बीजकका आधारमा १२ हजार ५०० रुपैयाँको पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।

त्यस्तै, रोशिका कृषि तथा पशुपन्छी फार्मबाट जारी बीजकका आधारमा २ हजार रुपैयाँ, बी ड्रिम सङ्कलनबाट ३ हजार ५५० रुपैयाँ, सूरज वाइन पसलबाट ३ हजार ४०० रुपैयाँ तथा सोल किराना पसलबाट १ हजार ३४० रुपैयाँ पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।

त्यसैगरी, मेगा मार्ट प्रालिबाट १ हजार १५५ रुपैयाँ, नारायणी हस्पिटालिटी एन्ड फुड प्रालिबाट १ हजार ११० रुपैयाँ तथा अन्य विभिन्न पसल, होटल र रेस्टुरेन्टबाट जारी बीजकका आधारमा उपभोक्ताले पुरस्कार प्राप्त गरेका छन् ।

सरकारले कर बीजक लिने बानीको विकास गर्दै कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।