काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

1.24K
shares

ai logo सारांश

  • चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
  • लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४१ लाख मात्रै सङ्कलन भएको छ ।
  • नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो ।

दाङ । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४१ लाख मात्रै सङ्कलन भएको छ ।

नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयका अनुसार साउनमा १३ लाखको लक्ष्य राखिएकोमा ११ लाख, भदौमा १४ लाख ८९ हजारको लक्ष्य रहेकामा आठ लाख ४० हजार र असोजमा १६ लाखको लक्ष्य रहेकोमा आठ लाख ५१ हजार मात्र राजस्व उठेको थियो ।

कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट १३ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उनले बताए । उनले भने, “सामान ल्याउने थोरै मात्रै छन् । नजिकैका नागरिकले मात्र सामान ल्याउँछन् । व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।”

कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० र मोटरसाइकलबाट २०० राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ ।

प्रमुख विष्टले भने, “यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो ।” दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ ।

पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।

नेपाल भारत सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको सङ्ख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ ।