काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो

945
shares

ai logo सारांश

  • नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत वर्षको तुलनामा वृद्धि भएको छ ।
  • अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अङ्क गत वर्षको ३.४७ बाट ०.१९ अङ्कले वृद्धि भई यस वर्ष ३.६६ पुगेको हो ।
  • फिचको मूल्याङ्कन प्रणालीमा ‘बिबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अङ्क आवश्यक पर्ने व्यवस्था छ ।

काठमाडौं । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत वर्षको तुलनामा वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अङ्क गत वर्षको ३.४७ बाट ०.१९ अङ्कले वृद्धि भई यस वर्ष ३.६६ पुगेको हो । फिचको मूल्याङ्कन प्रणालीमा ‘बिबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अङ्क आवश्यक पर्ने व्यवस्था छ ।

गत वर्ष नेपालको एसआरएम अङ्क न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्याङ्कनका आधारमा एक तह थप गरी ‘बिबी–’ रेटिङ प्रदान गरिएको थियो । तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अङ्क वा सहुलियतबिना आफ्नै मूल्याङ्कन अङ्कका आधारमा ‘बिबी–’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थीर अर्थात् ‘डबल बी माइनस’ मा कायम राखेको छ ।

हालै रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत नेपालको क्रेडिट रेटिङ अङ्कमा वृद्धि हुनु महत्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ ।

सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्याङ्कन गर्दछ । यसले अन्तरराष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ ।