global ime bank Long Banner Ad

गृहपृष्ठ सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्रहेर्ने दर्शक

सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्रहेर्ने दर्शक

सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्रहेर्ने दर्शक

काठमाडौं । गत शुक्रबार देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाईएको प्रेम कथाको चर्चा गरेका छन् ।

फिल्ममा अभिनेता विपिन कार्की (काजी) र अभिनेत्री केकी अधिकारी (कजिनी) को भूमिकामा छिन् । कजिनीसँगको प्रेमका कारण काजीले के कस्ता त्यागसम्म गर्छन् भन्ने फिल्ममा देखाईएको छ । काजीको प्रेम ‘मुना मदन’ र ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर हुने दर्शकको भनाइ छ । फिल्म हेर्ने दर्शकले ‘वाह ! काजीको जस्तो ओ प्रेम’, ‘श्रीमान् होस् त काजीको जस्तो’ लगायतका प्रतिक्रिया दिईरहेका छन् ।

‘काजी’ देखाईको प्रेमले जो सुकै दर्शकलाई ‘कनेक्ट’ गर्ने अभिनेता विपिन कार्कीले बताए । उनले भने, ‘काजीको प्रेमसँग दर्शक जोडिएको महसुस गरें । म प्रतिक्रिया लिन पुगेका अधिकाँस हलमा दर्शकले ‘गज्जब प्रेमकथा’ भन्ने प्रतिक्रिया दिनुभएको छ । म आफैँलाई पनि धेरैसमयपछि छोएको एउटा प्रेम कथा हो, जसलाई हामीले पर्दामा ल्याएका छौँ ।’

उनले ‘काजी’ धेरै वर्षसम्म चर्चा हुने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । निर्माता रिजालले फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि हलमा चाँप बढेको बताए ।

‘डिल डेबाट फिल्म हेर्ने दर्शक बढेको रिपोर्ट वितरकले दिएका छन् । हामीले प्रस्तुत गरेको प्रेमकथालाई दर्शकले रुचाएकै कारण सिफारिस गरिरनुभएको छ । हामीले विना कन्जुस्याइँ एउटा स्तरीय फिल्म दर्शकसम्म ल्याएका छौँ, आफैँले हेरेर मुल्यांकन गर्न अनुरोध गर्दछु’, निर्माता रिजालले भने ।

प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेम, समर्पण र सम्बन्धको भावनात्मक यात्रामा आधारित रहेको बताए ।अभिनेत्री केकी अधिकारीले पनि आफ्नो अभिनय यात्रामा ‘काजी’ विशेष महत्व राख्ने बताइन् । रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् ।

फिल्ममा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु