काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गाउँमा शिक्षाको ज्योति फैलाउँदै चन्द्रोदय पुस्तकालय

1.81K
shares

जनकपुर । विदेह नगरपालिका–८ बफै गाउँको चन्द्रोदय पुस्तकालयले २७ वर्षदेखि ग्रामीण क्षेत्रमा पठन संस्कृति र शैक्षिक चेतना अभिवृद्धि गर्दै शिक्षाको ज्योति फैलाएको छ ।

पुस्तकालयको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले ग्रामीण क्षेत्रमा शिक्षा र चेतनाको विकासमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक सूर्यनारायण मण्डलले आधुनिक प्रविधिको विकाससँगै पुस्तकालयलाई पनि ‘डिजिटाइज’ गर्नुपर्नेमा जोड दिए ।

पुस्तकालयका संस्थापक अध्यक्ष ठकुप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका वरिष्ठ उपाध्यक्ष जगदीश साह, स्थानीय शिक्षक ब्रह्मदेव साहले पठन संस्कृतिबाट युवापुस्ता विमुख भएकामा चिन्ता व्यक्त गरे ।