global ime bank Long Banner Ad

गृहपृष्ठ सुपर खुदी हाइड्रोपावरले पायो आइपीओ ल्याउने अनुमति

सुपर खुदी हाइड्रोपावरले पायो आइपीओ ल्याउने अनुमति

सुपर खुदी हाइड्रोपावरले पायो आइपीओ ल्याउने अनुमति

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई ३१ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको हो। अब यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख कित्ता साधारण शेयर जारी गर्नेछ।

यो आइपीओ कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबरको हो। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ। हाल कम्पनीमा संस्थापक समूहको १ अर्ब २४ करोड रुपैयाँबराबरको लगानी रहेको छ।

सुपर खुदी हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु