काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

903
shares

ai logo सारांश

  • धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
  • नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ ।
  • ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ ।

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१ दशमलव ७६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ ।

आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो । त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।