नेप्से सामान्य अंकले बढ्यो, साढे ७ अर्बको कारोबार
वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:५७
shares

सारांश
- सेयर बजारमा सामान्य अंकको सुधार आएको छ ।
- बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४० अंकले बढेर २६६५.५३ बिन्दुमा कायम भएको छ ।
- अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ६.६२ अंकले बढेको थियो ।
काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४० अंकले बढेर २६६५.५३ बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ६.६२ अंकले बढेको थियो । जबकि, सोमबार भने नेप्से ३२.६५ अंकले घटेको थियो ।
आज नेप्सेमा कुल ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बुधबार नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११.४८ प्रतिशतले बढेको छ ।

























