काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

819
shares

ai logo सारांश

  • पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको जर्सी नम्बर ७ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका हुन् ।
  • नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने भएका छन् ।

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको जर्सी नम्बर ७ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका हुन् । उनले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने भएका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

उनको सन्न्यासको घोषणा मुख्य प्रशिक्षक जर्ज जिसससँगको विवादपछि आएको हो । खेलमा अवसर दिने विषयमा जिसससँग मतभेद भएपछि रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए । त्यसपछि उनले आफ्नो व्यवहारप्रति माफी माग्दै राष्ट्रिय टोलीका लागि खेल्न उपलब्ध रहने बताएका थिए ।

रोनाल्डोले पोर्चुगललाई सन् २-१६ को युरोपियन च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको कप्तानीमा पोर्चुगलले सन् २-१ र २-२५ मा गरी दुई पटक युईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो ।

राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । उनी साउदी अरबको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा दिएको सन्देशमा २३ वर्षसम्म पोर्चुगलको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् । अब त्यो जर्सी नयाँ पुस्तालाई सुम्पिने समय आएको उनको भनाइ छ ।