global ime bank Long Banner Ad

गृहपृष्ठ मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ ।

परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सिके राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताए ।

डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताए ।
जेनजी आन्दोलनपछि आफूले मधेश खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको उनले बताए । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताए ।

मधेश आन्दोलनले ल्याएको समानुपातिक निर्वाचन प्रणालीले नै मधेशी, दलित, मुस्लिम, जनजातिहरु संसदसम्म पुगेको र समानुपातिक व्यवस्थाकै कारणले मधेशी, आदिवासी जनजाति, दलितलगायतका समुदायले मुलुकमा आरक्षण पाएको उनको भनाइ थियो ।

जेनजी आन्दोलनपछि नेपाली सेनाले देशको राजनीति आफ्नो हातमा लिएर सम्झौता गर्दा मधेशले कुनै ठाउँ नपाएको र नेपाली सेनाले मधेसीलाई प्रधानमन्त्री किन नबनाएको भनी प्रश्न पनि गरे । मधेशबाट आवाज नउठेको भए जेनजी आन्दोलनपछि संघीयता पनि समाप्त हुन्थ्यो । उनले भने ।
तर पछिल्लो समय जेनजीले सरकारसँग गरेको सम्झौतामा मधेसी, थारु, आदिवासी जनजाति र दलितलगायतलाई सम्बोधन गरेकोले त्यो सकारात्मक रहेको भनाइ थियो ।

त्यसैगरी राजनीति विश्लेषक सिके लालले जेनजी आन्दोलनमा मधेस कतै नदेखिएको बताए ।
विचार मन्थन कार्यक्रममा बोल्दै लालले जेनजी आन्दोलनमा मधेसी सहभागी भएपनि त्यसबाट केही नपाएको बताए । जेनजी र सरकारबीच भएको सम्झौतामा मधेसी दर्शक भएर मात्र बसेको बताउदै मधेसीलाई अझै नेपाली नमानेको बताए ।

देशको अवस्था मधेशको अनुकूल नरहेको, अनुकूलताका लागि प्रतीक्षा गर्नबाहेक केही उपाय नरहेको उनले बताए । नवयुवाले परिवर्तन गर्न चाहेका छन् तर त्यस्तो परिवर्तन कस्तो हुन्छ त्यो सोचनीय कुरा रहेको बताउँदै विश्लेषक लालले सन् १९९० मा जे अवस्था थियो त्यस्तै अवस्था अहिले पनि रहेको बताए ।

वर्तमान संविधान मधेशीको पक्षमा नरहेको बताउदै यो संविधान पुनर्लेखन नभएसम्म वा संशोधन नभएसम्म मधेसीको अधिकार सुरक्षित नहुने बताए । आगामी निर्वाचनबाट पनि मधेसीहरुलाई आफ्नो अधिकार प्राप्त नहुने भन्दै लालले अधिकारका लागि नयाँ ढंगले संघर्ष गर्नुपर्ने बताए ।
मधेसमा असल नेतृत्वको आवश्यकता छ र त्यस्तो नेतृत्व स्थापित हुन केही समय लाग्ने बताउदै नेतृत्व र नेता एकदिनमा नजन्मिने बताए ।

त्यसैगरी अर्का विश्लेषक तुलानारायण साहले हरेक आन्दोलनले राज्यसँग सम्झौता गर्ने गरेको तर ती सम्झौताहरुले मधेसलाई गौण राख्ने गरेको बताए ।

उनले हरेक आन्दोलनको नेता हुन्छ तर जेनजी आन्दोलनको नेता नै रहेको बताए । जेनजी आन्दोलनको एजेन्डा सुशासन र पुस्तान्तरका लागि भएको थियो तर त्यहाँ मधेस कहाँ छ भनी प्रश्न उठेको बताउदै साहले जेनजी आन्दोलनपछि मधेसी दलमा पुस्तान्तरको कुरा नउठेको बताए ।
मधेस आन्दोलनले काठमाडौंमा आफ्नो स्थान खोजेको उनले बताए । तर जेनजी आन्दोलनपछि भएको सम्झौतामा मधेस कतै पनि नरहेको भनाइ थियो ।

यो आन्दोलनको अदृष्य एजेन्डा भनेको संघीयता खर्चिलो भयो भन्ने हो, यदि मधेशमा त्यसको विरोध नभएको भए संघीयता नै प्रभावित हुने अवस्था आएको उहाँको भनाइ छ । मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती रहेको बताए ।

बहुमुखी प्रतिभाका धनी आनन्द गुप्ताले सञ्चालन गरेको कार्यक्रममा समाजका प्रवक्ता दीपेन्द्र चौबेले विद्वान वक्ता तथा दर्शकहरुलाई स्वागत गरेको थियो ।

मधेशी एकता समाजका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले विषय प्रवेश गराउँदै समाजको योगदान र भावी कार्ययोजनाबारे प्रकाश पारेको थियो ।
कार्यक्रममा सामाजिक अभियन्ता राकेश मिश्रा, विश्लेषक राजेश विद्रोही, मिथिला चित्रकार रन्जु यादव, जेनजी नेता शिव यादव, अभियन्ता आभास गुरु, युवा अभियन्ता माजिद अन्सारी र फिल्म अभिनेत्री सरिता साहले पनि आआफ्नो धारणा राखेको थियो ।

कार्यक्रमको अध्यक्षता गरेकी मधेशी एकता समाजकी नेपाल संयोजक डा. बबी सिंह यादवले सबैलाई धन्यावाद दिनुका साथै मधेशको संघर्ष, एकता र भविष्यबारे कविता सुनाएको थियो ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु