काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१२ अर्ब ९८ करोड जीवन बीमाको कुल व्यापार, कसको कति ?

2.25K
shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब ९८ करोड माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ३ लाख १८ हजार ४०६ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले १ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ७५ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७२ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४८ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा रिलायन्स लाइफले ४६ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४२ करोड ९८लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४० करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४० करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३४ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।