काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

2.37K
shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । आजको बैठकले पार्टीको १५ औँ महाधिवेशनबारे विशेष निर्णय लिने बताइएको छ ।

महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा मतऐक्यता नहुँदा केन्द्रीय समिति बैठक लम्बेतान भएको थियो । पटक–पटक सर्दै आएको बैठक पुसमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने सहमति जुटेसँगै आज बसेको हो ।

२८ असोजमा सुरु भएको बैठकमा आज पुस मसान्तमा महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी छ । आइतबार नेताहरू पुस मसान्तमा कार्यतालिका ल्याउनेगरी अनौपचारिक सहमतिमा पुगेका थिए ।