गृहपृष्ठ प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख
प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख
प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन् ।
निमित्त तोक्न भनेर नेपाल राष्ट्र बैंकको निर्देशनपछि बसेको बैंकको आकस्मिक सञ्चालक समिति बैठकले लम्साललाई निमित्त प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
लम्साल प्रभु बैंकमा प्रमुख रिकभरी अधिकृत छन् । आइतबार साँझ डेपुटी गभर्नर बमबहादुर मिश्रको निर्देशनमा प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेको थियो ।
प्रकाशित समय : १५:१९ बजे





















