गृहपृष्ठ कांग्रेस पदाधिकारी बैठकमा देउवाले भने ‘गभर्नर चाँडै नियुक्ति हुन्छ’
कांग्रेस पदाधिकारी बैठकमा देउवाले भने ‘गभर्नर चाँडै नियुक्ति हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् । आज बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिट्टै नियुक्ति हुने बताएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ भन्नुभएको छ ।
प्रोफेसनल, व्यावसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यावसायिक व्यक्तित्वको हातमा जानुप-यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् ।
त्यसको चाँडो निर्णय हुन्छ र एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नुभएको छ ।’ गत चैत २४ गते १७ औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि हालसम्म केन्द्रीय बैंक गभर्नरविहीन छ ।
गभर्नर नियुक्तीका लागि एमाले र कांग्रेस भागबन्डामा फसेर दिन घर्किंदै जाँदा अर्थतन्त्र सुधार्न तत्काल गर्नुपर्ने नीतिगत निर्णय पनि थाँती बसेका छन् ।
प्रकाशित समय : १४:४९ बजे