global ime bank Long Banner Ad

गृहपृष्ठ पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको जेखिममा छ । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएका कारण बस्ती पहिरोको उच्चजोखिममा परेको हो ।

यो क्षेत्रमा २०२२/२३ सालदेखि पहिरो खस्न थालेको हो । विसं २०२८ र २०५१/५२ मा आएको पहिरोका कारण यस क्षेत्रको एउटा बस्ती पूरै विस्थापित भएको छ । महाकाली किनारदेखि पहिरो जान थालेकामा अहिले भुलचौरा बस्ती नजिकै पहिरो पुगेको छ । भिरालो पाखो जमिन रहेको यो ठाउँमा चिप्लो खरी माटो भएकै कारण निरन्तर पहिरो गइरहेको स्थानीयको भनाइ छ ।

भुलचौराभन्दा तल्लो क्षेत्रमा मडगाउँका दलित तथा गैरदलित झन्डै ४२ परिवार २०५१÷५२ मा पहिरोबाट विस्थापित भएका छन् । मडगाउँ पूरै पहिरोले कटान गरेको व्यास गाउँपालिका–४ का स्थानीय हरकसिँह विष्ट बताए । यो क्षेत्रमा निरन्तर पहिरो जाने गर्दछ । यहाँको भौगोलिक बनोटका कारण पनि पहिरो रोकिने अवस्था छैन ।

साविकको सुनसेरा गाउँ विकास समितिअन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा छ । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ । विसं २०७४ मा स्थानीय सरकारमार्फत मडगाउँ, किम्पानी र बिन्नाला बस्तीका ३२ परिवारका लागि घर निर्माण गरिएको भए पनि दलित बस्तीका लागि अहिलेसम्म घर पुनस्र्थापना गरिएको छैन । बस्ती पुनर्निर्माण र पुनस्र्थापनातर्फ तीन तहको सरकारले समयमै ध्यान दिनुपर्नेमा जोड छ ।

महाकाली नदीको किनारबाट सुरु भएको पहिरो हाल दलित बस्ती नजिकसम्म आइपुगेको स्थानीय देवराम कामी बताए । “बस्तीभन्दा २० मिटर तलसम्म पहिरो पुगिसक्यो । यो बर्खासम्म गाउँसम्मै पहिरो पुग्ने खतरा छ”, उनले भने । उहाँका अनुसार खेतीयोग्य जमिनको आधाभन्दा बढी भाग कटान भइसकेको छ भने बाँकी जमिन पनि जोखिममा छ । वर्षातको समयमा स्थानीयवासी पहिरोका डरले रातभर सुत्न सक्दैनन् ।

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिँह कुँवर बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए । हाल बस्तीभन्दा माथिल्लो क्षेत्रमा रहेको ठूलो खोलामा तटबन्धको काम भइरहेको उनले बताए ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु