गृहपृष्ठ नेपाललाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य
नेपाललाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्नप्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
आज काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहकाबीच यस कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष श्री प्रवेश अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
सो कार्यक्रमको उद्घाटन पानसमा दीपप्रज्लन गरेर कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायवप्रमुखकार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवालतथा यस योजनाको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिछिरिङ शेर्पाले संयुक्त रुपमा गरेका थिए ।
नेपाललाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुखकार्यकारी अधिकृत पराजुलीले बताए ।
प्रमुखकार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामीदिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजनाबनाइएको कुरा बताए ।साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्यतथावातावरणका क्षेत्रमाकामगर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरतादिने प्रतिबद्धता व्यक्त गरे ।
राउण्ड टेबल नेपालकानिर्वतमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथाविश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रमतीव्र रहेकोबताए । उनले नेपाल सरकार तथाअन्तर्राष्ट्रिय जगतले पनि सफाइप्रयास जारी राखे तापनिप्रभावकारी हुननसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
यस क्रममाकुहिने फोहोरलाई आधार शिविर भन्दातलपुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोलाबनाई काठमाडौं ल्याइने बताए । सानाप्रयासहरूले नै ठूलो प्रभावपार्ने भन्दै अग्रवालले नेपाललाइफलाई अभियानमा सहभागीभएकोमाधन्यवाददिए ।
सगरमाथा, संसारको सबैभन्दाअग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानवगतिविधिको वृद्धिसँगै सगरमाथाफोहोरको डंगुर बन्दै गएको कुरा यस कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत अमितकुमार कयालले बताए ।त्यागिएकाटेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानवफोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो “विश्वकै सबैभन्दाअग्लो फोहोर थलो”नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको बताए ।
सो कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू तथाविभिन्न संचार माध्यमहरूबाट सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रुपमाविभिन् कार्यक्रमगर्दै आएको छ।
प्रकाशित समय : १८:१२ बजे