global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट लुक, प्रदर्शन मिति घोषणा

सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट लुक, प्रदर्शन मिति घोषणा

सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट लुक, प्रदर्शन मिति घोषणा

अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फस्र्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य कुनैपनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ ।

निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु