गृहपृष्ठ  १ करोड ११ लाख ११ हजार १११ बाढी पहिरो पीडितलाई भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले गरे सहयोग

 १ करोड ११ लाख ११ हजार १११ बाढी पहिरो पीडितलाई भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले गरे सहयोग

 १ करोड ११ लाख ११ हजार १११ बाढी पहिरो पीडितलाई भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले गरे सहयोग

गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरे । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणबाट फर्किए लगत्तै गुरुङले बालुवाटार पुगेर उक्त रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट गरे। बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिए’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २१७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ७८ जना बढी बेपत्ता छन् ।

मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको भाटभटेनीका सीओओ पानु पौडेलले भने।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु