गृहपृष्ठ सरकारी खाताबाट एक महिनामा ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घट्यो

सरकारी खाताबाट एक महिनामा ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घट्यो

सरकारी खाताबाट एक महिनामा ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घट्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौंमा उक्त रकम ७५ अर्ब ५ करोड रुपैयाँले घटेको हो । एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ ।

गत साउनमा सरकारी खातामा तीन खर्ब १२ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । भदौंमा उक्त रकम घटेर २ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । गत असार मसान्तसम्म तीन खर्ब ५५ अर्ब ४५ रुपैयाँ रहेको यस्तो मौज्दात चालु आवको भदौं मसान्तसम्म आइपुग्दा एक खर्ब १८ अर्ब ५० करोड अर्ब रुपैयाँले घटेको छ ।

भदौं मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब एक अर्ब ७८ करोड ९९ लाख रुपैयाँ रहेको छ । २०८१ असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड ९५ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ ।

 

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु