nmb bank

गृहपृष्ठ कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको आजको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

चार दिनको छलफलपछि आज प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरे। उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरुले भाग लिएको थियो ।  नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाए । यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको थियो ।

प्रकाशित समय : २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु