काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१ लाखनजिक पुग्यो सुनको प्रतिताेला मूल्य

मंसिर लागेसँगै सुनचाँदीको माग बढ्दा मूल्य लगातार वृद्धि

4.45K
shares

विवाहको मौसम भएकाले मंसिर लागेसँगै सुनचाँदीको माग बढ्दा मूल्य लगातार वृद्धि भइरहेको छ ।सोमबार नेपाली बजारमा सुनको प्रतिताेला मूल्य एक लाख रूपैयाँनजिक पुगेको छ ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।