काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा सम्पन्न

975
shares

ai logo सारांश

  • - सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
  • - सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • - संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ।

काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सोमबार सभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणसमेत पारित गरेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रार तथा डिम्याट खातालगायत पूँजी बजारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ।

कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित उद्योगी–व्यवसायीको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा प्रत्यक्ष सहभागी भई लगानी गर्न सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका विभिन्न शाखामार्फत समेत आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

यसबाट देशका विभिन्न भूभागमा रहेका लगानीकर्तालाई पूँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच पुर्‍याउनुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कारको विकासमा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको छ।