काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माछापुच्छ्रे बैंकले २० मेगावाट सौर्य ऊर्जा परियोजनामा वित्तीय लगानी गर्ने

910
shares

ai logo सारांश

  • माछापुच्छ्रे बैंकले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनामा वित्तीय लगानी गर्ने ।
  • पशुपति इनर्जी प्रालिले प्रवर्द्धन गरेको २० मेगावाट सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन माछापुच्छ्रे बैंकले सम्पन्न गरेको छ।
  • बैंकले आगामी दिनमा पनि स्वच्छ ऊर्जा परियोजनालाई वित्तीय सहयोग गर्ने छ।

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा पशुपति इनर्जी प्रालिले प्रवर्द्धन गरेको २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ।

बैंकको एकल लगानीमा निर्माण हुने उक्त परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म बैंकले वित्तीय लगानी गर्नेछ। परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ।

परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्नुका साथै ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार उक्त परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बैंकको प्रतिबद्धताको निरन्तरता हो।

बैंकले आगामी दिनमा नेपालको ऊर्जा आवश्यकता पूरा गर्न, स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग गर्दै जाने जनाएको छ।