गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन बसुन्धराको ‘द डालो रेष्ट्रोे’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रोे’मा फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु