काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

351
shares

ai logo सारांश

  • गौरमा स्थानीय अगुवालाई विपद् व्यवस्थापन तालिम।
  • विपद् न्यूनीकरणमा समन्वय र पूर्वतयारीमा जोड।
  • ४५ स्थानीय अगुवा तथा स्वयंसेविका सहभागी।

गौर। गौर नगरपालिकाले स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ। प्रशिक्षणमा विपद्का समयमा उद्धार, राहत तथा खोज कार्यका लागि स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइयो।

नगर प्रमुख शम्भु साहले बाढी, डुबान, आगलागी, हुरी र भूकम्पजस्ता विपद्बाट हुने जनधनको क्षति कम गर्न समुदायस्तरमै पूर्वतयारी र सचेतना विस्तार गर्नुपर्ने बताए।

सशस्त्र प्रहरी बल गौरका प्रहरी नायब उपरीक्षक दुर्गा भट्टले विपद् जोखिम न्यूनीकरणका लागि समुदायलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान दिनुपर्ने बताए। कार्यक्रममा विद्यालयको पाठ्यक्रममा विपद्सम्बन्धी विषय समेट्नुपर्ने र महिलाका लागि थप तालिमको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइयो।

एकदिने प्रशिक्षणमा गौर नगरपालिकाका नौवटै वडाका ४५ जना स्थानीय अगुवा तथा महिला स्वयंसेविका सहभागी थिए।