काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

689
shares

ai logo सारांश

  • ग्लोबल आइएमई बैंकले २२ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा
  • सन् २००६ देखि बैंकमा आबद्ध अकेलाले जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, कर्जा प्रशासन र शाखा सञ्चालनलगायत क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्।
  • एमबीए गरेका अकेला ग्लोबल आइएमई लघुवित्तका सञ्चालक समिति अध्यक्षसमेत हुन्।

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। उनी यसअघि बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।

बैंकमा लामो समय काम गर्ने क्रममा अकेलाले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो समय उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत थिए।

अकेलाले ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

बैंकले अकेलाको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापनसम्बन्धी दक्षता तथा समग्र कार्यसञ्चालन क्षमताले बैंकको आगामी सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

आधुनिक प्रविधि र ग्राहक सेवामा जोड दिँदै आएको ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुँदै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ / २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ।

यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत सन् २०२२, २०२४ /२०२५ मा पुरस्कार प्राप्त गरेको छ। बैंकले ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित पुरस्कारसमेत पाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।

बैंकले विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थाका रूपमा पनि आफ्नो स्थान बनाएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स नेपाल भित्र्याउँदै आएको बैंकले जनाएको छ।

रेमिट्यान्समार्फत देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले आधुनिक बैंकिङ सेवा, प्रविधि र ग्राहक सेवाको विस्तारलाई पनि प्राथमिकतामा राख्दै आएको छ।