काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

9.09K
shares

चितवनमा छुट्टा–छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका भरतपुरका एक व्यक्तिको जंगली बँदेलको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरंगेका ४० वर्षीय दिपक विक रहेका छन् ।

असोज ७ गते बिहान ६ बजेतिर मर्निङवाक गर्न घरबाट निस्किएका विकलाई जंगली बँदेलले एक्कासी आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट घाइते भएका विकको भरतपुर अस्पतालमा उपचार भइरहेकोमा आज बिहान करिब ३ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । विकको पेटलगायत विभिन्न भाटमा गहिरो चोट लागेको थियो ।

त्यस्तै, नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरी जंगलमा टिप्परले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आज दिउँसो करिब ३ः२० बजेको समयमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका तनहुं देवघाट गाउँपालिका–५ बस्ने ५२ वर्षीय बिक्रम तामाङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

टिप्पर र टिप्पर चालक सिन्धुली कमलामाई नगरपालिका बस्ने २९ वर्षीय सुमन बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता अधिकारीले जानकारी दिए ।

त्यसैगरी गैंडाको आक्रमणबाट रत्ननगर नगरपालिका–६ सौराहाका ५५ वर्षीय बिसुन महतो गम्भीर घाइते भएका छन् । आज साँझ करिब ७ बजेको समयमा घरबाट १०० मिटरको दुरीमा महतोलाई गैंडाले आक्रमण गरेको प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । महतोको अनुहार र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।