गृहपृष्ठ इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ७६ पुगेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मंगलबार जनाएका छन् ।

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा परेर बेपत्ता भएका १६ जना अझै नभेटिएको जानकारी दिए । बेपत्ता भएकाहरूको अझै पनि खोजी कार्य जारी रहेको र त्यसका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको उनको भनाइ छ ।

इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठुलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

बाढी पहिरोले १ सय ६७ क्षेत्र, १ सय ३० सहर, १ हजार ३ सय ८६ गाउँ र १ सय ५३ सडक प्रभावित भएको पनि जनाइएको छ । यस अवधिमा ६१ हजार १ सय २७ जनालाई राहत सामग्री पनि उपलब्ध गराइएको छ ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु