global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो ।

सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा गत आर्थिक वर्ष विभिन्न प्रकारका २९ करोड ७८ लाख ८२ हजार ३७ केजी फलफूल नेपाल भित्रिएको छ ।

गतवर्ष नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ र १ अर्ब ६३ करोड ७१ लाख ३४ हजार रुपैयाँको केरा आयात गरेको छ ।

सोही समयमा १ अर्ब १० करोड ९४ लाख ७८ करोड रुपैयाँको आँप तथा अम्बा, १ अर्ब २७ करोड १९ लाख ७५ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४४ करोड ५४ लाख ४३ हजार रुपैयाँको अंगुर नेपालले आयात गरेको छ ।

विभागका अनुसार गतवर्ष १ अर्ब १३ करोड ६२ लाख ८८ हजार रुपैयाँको अनार, ५६ करोड १८ लाख ७५ हजार रुपैयाँको खरबुजा, २६ करोड ५४ हजार रुपैयाँको मेवा र १५ करोड १ लाख ७५ हजार रपैयाँको भुइँकटर नेपाल भित्रिएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १६ अर्ब ५२ करोड ६२ लाख २० हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालले ९३ करोड ६० लाख ३६ हजार रुपैयाँ बढीको फलफूल आयात गरेको विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु