moneygram ime

गृहपृष्ठ सप्तकोसीमा पानीको बहाव बढेपछि खोलियो ३२ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोसीमा पानीको बहाव बढेपछि खोलियो ३२ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोसीमा पानीको बहाव बढेपछि खोलियो ३२ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह
citizen life insurance

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका बस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो ।

सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भइरहेको त्या खटिएका सुरक्षाकर्मीले जानकारी दिए । कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जानकारीसमेत दिए ।

पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान भएको छ । पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले बताए ।

पानीको सतह बढन थालेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान हुने थालेको वडा अध्यक्ष कृष्णकुमार यादबले जानकारी दिए ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank