गृहपृष्ठ Tag: नेपाल बैंक
नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले नियुक्त नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा आनन्द काफ्ले नियुक्त भएका छन् । काफ्लेलाई अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिका रुपमा सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि नेपाल बैंकमा अर्थमन्त्रालयका तर्फबाट धनीराम शर्मा सञ्चालक थिए ।...
नेपाल बैंकले बुटवलको चौराहामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल बैक सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा ज्ञवालीले प्रतिष्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त...
स्थापना/इतिहास विश्वमा १७औं शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २०औं शताब्दीको पनि अन्त्यसम्म पर्खनुपर्याे । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो किनकि नेपाल बैंक नेपालको...
नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी हुन् भने कार्यक्रमको समापन बैंकका सहायक...
नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा सन्देशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वहरुमा दिदीभाइ दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ।...
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंककाअनुसार अबदेखि सम्पूर्ण ग्राहकले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा...
नेपाल बैंकले नेपाली सेनाको जंगी अड्डामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले साउन १ गतेदेखि सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल बैंकका प्रमुख कार्यकारी...
नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता...
नेपालको पहिलो र पुरानो नेपाल बैंकले जारी गर्ने ऋणपत्र ‘१०.५०५ नेपाल बैंक ऋणपत्र २०८४’ को विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । विक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट...













